चालक निदाएपछी काठमाडौबाट बुर्तिवाङ जाने यात्रुबाहक बस दुर्घटना १४ जना घाइते !

बागलुङ २०७४ बैशाख ४ । बागलुङ भएर काठमाडौबाट बुर्तिवाङ जाने यात्रुबाहक रात्रिवस दुर्घटना हुने क्रम बढेको छ । सोमबार विहान ३ बजेको समयमा काठमाडौ बाट बुर्तिवाङका लागि छुटेको रात्रिबस बागलुङ सदरमुकाम नजिकै मध्यपहाडी लोकमार्गकोे काठेखोला गाउँपालिका ५ बिहुँ जुगेपानीमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । ३० जना यात्रु लिएर काठमाडौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ना ६ ख ३०६० नम्बरको रात्री बस साविकको बिहु- ९ जुगेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी अनिल खड्काले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा गम्भिर घाइते भएका साविकको बुगांदोभान गाविस ६ गोरेखानीका ४८ बर्षिय जितबहादुर खड्का, बुर्तिबाङ १ का ५० बर्षिय तिलदेवी छन्त्याल, बुगांदोभान ३ का ५५ बर्षिया जोमसरा बुढा र बुर्तिबाङ ७ रिठाबोटका ४३ बर्षिय लिला बिसीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएकोमा उपचार पछी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

वस अचानक सडक भन्दा ४० मिटर तल खस्न जाँदा उक्त वसमा सवार ३० जना यात्रुहरू मध्ये १५ जना सकुसल रहेको १० जना उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ बागलुङमा गएकोमा सामन्य उपचार पश्चात डिस्चार्ज भई आ-आफ्नो गन्तव्य तर्फ लागेका, अन्य ५ जना उपचारको लागि धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याएकोमा उपचार पश्चात सवै जना डिस्चार्ज भई आ-आफ्नो गन्तव्य तर्फ लागेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *