बागलुङमा बैशाख ४ गते २ जनाव्दारा आत्महत्या !

बागलुङ २०७४ बैशाख ५ । बागलुङ जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषहरुले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका साविक पैयुँपाटा गाविस २ घर भै हाल बानपा १३ टारमा बस्ने वर्ष ३६ का प्रकाश पौडेलले किटनासक औषधि सेवन गरी आत्महत्या गरेका छन् भने अर्का बरेङ गाउपालिका वडानं १ बस्ने वर्ष ६९ का मती प्रसाद पाध्या ऐ सामुदायिक वनमा रहेको कटुसको रुखमा झुण्डी मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएका छ ।

प्रहरीले दुबै घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *