Menu

गौवध मुद्दाका आरोपी ४ बर्ष पछी पक्राउ !

माधब पराजुली ,पर्वत २०७४ बैशाख ५ । करिव ४ बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं.३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्कालाई गाई मारेर खाएको आरोपमा जिल्ला अदालत पर्वतले २०६९ जेष्ठ २९ गते गौवध मुद्दा अन्तरगत ११ वर्ष १० महिना १४ दिन कैद सजाय तोकेको थियो । फरार पश्चात भारतमा वस्दै आएका खड्कलाई घरमा आएको मौका छोपी बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय हुवासले नियन्त्रणमा लिई प्रहरी कार्यालय पर्वतमा दाखिला गरेको थीयो ।

प्रारम्भिक अनुसन्धान पश्चात खड्का लाई आईतबार थप कारवाहीको लागी सम्मानित जिल्ला अदालत पर्वतमा बुझाईएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *