माछा मार्ने क्रममा रिडीमा डुवेर एकको मृत्यु

प्रेम सुनार, गुल्मी , २०७४ वैशाख ५। सोमवार विहान रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्ने क्रममा एक जना युवाको खोलामा डुवेर मृत्यु भएको छ । गुल्मीकै छत्रकोट गाउँपालिका वडा नम्वर–६ तथा साविकको दौघा गाविस वडा नम्वर ९ जेरीपोखरा निवासी ३६ वर्षिय राजु रेश्मीको अगाह वजार नजिकै पर्ने रिडीखोलाको रहमा डुवेर मृत्य भएको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ ।

आज विहान करिव १० वजेको समयमा रहमा डुवेर माछा मार्दै गरेका रेश्मी डुवेर केहि वेर वेपत्ता भएका थिए । स्थानियले थाह पाएर निजलाई ठुलो खालको जालले वाहिर निकालेका थिए ।

स्थानिय युवा अनिल घर्ती मगरका अनुसार उनको शव निकालेर श्रृङ्गा प्रहरी चौकीमा पठाईएको छ । श्रृङ्गा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मुक्त पुनले श्रृङ्गा प्रहरी स्वास्थ्यचौकीमा पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाईएको छ ।

खज्र्याङ्ग वजारका होटल व्यवसायी डालप्रसाद पन्थीका अनुसार मृतक रेश्मी अधिकांस समय माछा मार्ने काममा हिड्ने गर्दथे । उनको घरमा श्रीमती र तिन छोरी रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *