झारफुकको नाउँमा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ !

माधब पराजुली, पर्वत २०७४ बैशाख ५ । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सदरमुकाम कुस्मा नगरपालिका वडा नं २ का खिम बहादुर परियारलाई प्रहरीले पक्रउ गरेको छ ।

जलजला गाउँपालिका वडा नं ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का परियारले कुस्मा नगरपालिका ८ की बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत चैत ३१ गते साझ ५ बजे परियारको घरमा झारफुकको लागी गएकी बालिककालाई परियारले नजिकैको जङगलमा लगेर जर्बजस्ती करणी गरेको पीडितको आरोप छ । बालिकालाई वनको पानीको मुलमा वस्ने मसान लागेको छ भन्दै झार फुक गर्ने नाउँमा वनमा नै गएर पूजा गर्नु पर्छ भनी परियारले जङगलमा लगेर जर्बजस्ती गरेको भन्दै पीडित बालिकाले प्रहरीमा निवेदन दिईएकी थिईन ।

पक्राउ परेका परियारलाई प्रारम्भिक अनुसन्धान पश्चात जवरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *