ओम शान्ति बुर्तिबाङको आयोजनामा सञ्चालित योगशीविरको उदघाटन !

सुमन सुनार, बुर्तिवाङ २०७४ बैशाख ४ । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय बुर्तिबाङ शाखाको आयोजनामा हिजोदेखि ५ दिने योगशीविर सञ्चालन सञ्चालन भएको छ । शिविरको हिजो एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ ।

ब्रह्रमाकुमारी मन्दिरा दिदीको अध्यक्षता तथा ब्रह्माकुमार डा राम क्षेत्रीको प्रमुख आतिथ्यता रहेको शिविर उदघाटन कार्यक्रममा व्रह्माकुमारी प्रतिभाको स्वागत मन्तव्य, तथा विशिष्ट अतिथिका रुपमा निमबहादुर भण्डारी, व्रहमाकुमारी लक्ष्मी दिदी , इलाका वन कार्यालयका खेम श्रीस लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

योग गरौं, निरोगी रहौं भन्दै प्रशिक्षक योगाचार्य ब्रहमाकुमार राम क्षेत्रीद्धारा आजदेखि दैनिक दुई समयमा योग शिविरको आयोजना गरिएकोे छ ।

शिविर आज विहान साढे ६ वजेदेखि विहान साढे ८ वजेसम्म ब्रहमाकुमारी आश्रममा र दिउँसो ३ वजेदेखि ५ वजेसम्म बुर्तिबाङ बजारको कवर्डहलको शिविर सञ्चालन हुने बताइएको छ ।

योग शिविरबाट शारिरीक, मानसिक, वौद्धिक तथा आत्मिक विकास गरि स्वस्थ रहनका लागि महत्वपूर्ण रहने तथा योग शिविरले, व्लडप्रेसर, सुगर युरिक एसिड, किडनीका विरामी, हाडजोर्निका समस्या, आँखा तथा रक्तनलीमा हुने समस्याबाट मुक्त हुन सकिने बताइएको छ । यससँगै मानसिक तनाव, आध्यात्मीक तथा वौद्धिक समस्या भएकाहरुलाई स्पेशल कोर्षको समेत आयोजना गरिएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *