Menu

बाबुराम र बिप्लव समुहका क्रियाकलाप, गैरजिम्मेवार र मुलुकका लागि हानिकारक – पौडेल

कोपिला कंडेल, बागलुङ २०७३ बैशाख ३ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले मधेसी मोर्चालाई भड्काउने र उत्तेजना फैलाउने काम गरेको आरोप लगाएका छन । भुतपुर्व सैनिक संगठन बागलुङ्गको नवौ साधारण शभाको उद्घाटन गर्दै उनले पहाडको मात्र कुरा उठाएर राष्ट्रबादी बन्न नसकिने बताए ।
पौडेलले संबिधानमा प्राप्त मौलिक अधिकारलाई कार्यान्वयन गर्नका लागि मुख्य तिन दल र मधेसीमोर्चा बिच सकरात्मक छलफल गरी निचोडमा पुग्नुपर्नेमा जोड दिए ।

नेता पौडेलले एमाले र मधेसी मोर्चाका कारण मुलुकमा अप्ठेरो स्थिति पैदा भएको जिकिर गर्दै मधेसलाई पेलेर मात्र राष्ट्रबादी बनिदैन । नेता पौडेलले भने मुलुकमा उत्पन्न राजनितिक गतिरोध अन्त्यका लागि सबै जिम्मेवार बन्नुपर्दछ ।

मुलुकमा शान्ति स्थिरता र सुशासनको लागि संबिधानको कार्यान्वयन र स्थानिय तहको निर्वाचन अनिबार्य भएको उनले बताए । एकातर्फ स्थानिय निकायको निर्वाचनको उत्साह बढेका बेला अर्को तर्फ केही तत्व भने निर्वाचन भाड्न लागि परेको भन्दै नेता पौडेलले भने, बाबुराम र बिप्लव समुहका क्रियाकलाप गैरजिम्मेवार र मुलुकका लागि हानिकारक छन् ।

उनले पार्टीलाई कमजोर हुन नदिनका लागि योगदान निरन्तरता र क्रियाशिलताका आधारमा काङ्गेसले नया र पुराना पुस्तालाई मिलाएर उम्मेद्वार छनोट गरिने प्रष्ट पारे । बागलुङ कृषि, पर्यटन र प्राकिृतिक सम्पदा लगायतका सम्भावनाको जिल्ला भएको भन्दै उनले प्राकृतिक सम्पदाको बिकास गरेर प्रदेश नम्वर४ लाई नमुना प्रदेश बनाउन सकिनेमा जोड दिएक थिए । उहांले काङ्गेस मात्र मुलुकको भरपर्दो र विश्वसनीय शक्ति भएको दाबी समेत गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *