Menu

संविधान संशोधन राष्ट्रको आबश्यकता नभएर विदेशीको स्वार्थ पुर्तिका लागि – सांसद पुन

बुर्तिबाङमा पहिलो पटक जनमोर्चाको उम्मेद्वार सहित चुनाब प्रचारात्मक कार्यक्रम !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ बैशाख ३ । राष्ट्रिय जनमोर्चाले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा गौरीश्वर पाण्डे र उपमेयरमा दुर्गादेवी घर्तीलाई उम्मेद्वार उठाउने घोषणा गर्दै पश्चिम बागलुङको बुर्तिवाङ बजारमा पहिलो चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम गरेको छ ।

पार्टीले ढोरपाटन नगरपालिकाको लागि तय गरेको नगर प्रमुखका उम्मेद्वार पाण्डे र उपप्रमुखका उम्मेद्वार घर्ती तथा केन्द्रिय टोलीको समुपस्थितीमा सांस्कृतिक प्रस्तुति सहितको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान बुर्तिवाङ बसपार्कमा कार्यक्रम गरेको हो ।

‘प्रजातान्त्रिक बिकेन्द्रियता, संबिधानको कार्यान्वय र स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अभियानका गण्डकी–धौलागिरी संयोजक तथा सांसद मिना पुनले संविधान संशोधन राष्ट्रको आबश्यकता नभएर विदेशीको स्वार्थ पुर्तिका लागि ल्याईएको भन्दै तत्काल सदनबाट फिर्ता लिन माग गरिन् । उनले संयुक्त मधेसी मोर्चाले उठाएका माग पुरा गरे मुलुक बिखण्डन हुने तर्क गर्दै त्यसले मधेसका जनताको पनि हित नगर्ने दावी गरिन ।

साँसद पुनले राष्ट्रियताको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्दै विकासको गतिमा अघि बढ्न आफ्नो पार्टिका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरिन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरका उम्मेद्वार पाण्डेले निस्वार्थ भएर स्थानिय विकासको गतिलाई अघि बढाउने स्वच्छ मनसायका साथ जनताको सेवा गर्न आफु प्रतिबद्ध रहेको भन्दै त्यसको लागि आफ्नो पार्टीको चुनाब चिह्न गिलासमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा मसालका प्रबक्ता बिमल शर्मा, अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवर र पार्टीको तर्फबाट ढोरपाटन नगरपालिकाको उपप्रमुखका उम्मेद्वार दुर्गादेवी घर्तीले आफ्नो पार्टीले मुलुकको राष्ट्रियता र स्वाधिनताको पक्षमा सँधै लडेको भन्दै देश बचाउन आफ्नो पार्टीलाई जिताउन अपिल गरेका थिए ।

सो अबसरमा राक्तिम सांस्कृतिक अभियानका कलाकाहरुले गीत र नृत्य मार्फत नागरिकको जनजिविका, मुलुकको स्वाधीनता तथा स्वतन्त्रताको लागि क्रान्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समितिका संयोजक धनबहादुर अदैको अध्यक्षता, विद्यार्थी नेता शिवलाल चालिसेको स्वागत र अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *