निर्वाचनमा कर्यकर्ताको निरन्तरता, योगदान र क्षमताको आधारमा उम्मेद्वार छनोट : नेता पौडेल

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख ३ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानिय निकायको निर्वाचनलाई तोकिएको समय सिमा भित्रै सफलता पुर्वक सम्पन्न गर्नका लागि मुख्य तिन राजनितिक दल जिम्मेवार बन्नु्पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि तिनै तहको निर्वाचन आवश्यक रहेको बताए ।

स्थानिय निकायको निर्वाचन स्थगित गर्नका लागि केही तत्व लागिपरेको चर्चा गर्दै नेता पौडेलले त्यसको लागि तिन ठुला राजनितिक दल र मधेसीमोर्चा बिच सहमति र सहकार्य हुनु्पर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा काँग्रेसले योगदान, निरन्तरता र क्षमताको आधारमा उम्मेद्वार छनोट गरिने जानकारी दिए । पौडेलले स्थानिय निकायको निर्वाचनलाई काँग्रेसको पक्षमा पार्नका लागि कार्यकर्तालाई सचेतना पुर्वक कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिए ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, उपाध्यक्ष प्रदिप पन्तको स्वागत मन्तब्य र सह सचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *