बुर्तिवाङमा बन रक्षक र गेमस्काउट सम्वन्धी पूर्व तयारी कक्षा !

बिमल खडका, बुर्तिवाङ २०७४ बैशाख ३ । वन रक्षक र गेम स्काउट पदमा लोकसेवा आयोगमा दरखास्त दिनेहरु मध्य केहि दर्खास्तवालाहरु अहिले बुर्तिवाङ बजारमा त्यस्को पूर्व तयारी कक्षामा सहभागी भैरहेका छन् ।

१५ जना बन रक्षक र ३४ जना गेमस्काउटको रिक्तपदमा झण्डै २५ सय जनाले लोकसेवा आयोगमा दर्खास्त दिएका थिए । यहि जेठ महिनामा हुने परीक्षाको पूर्व तयारीका लागी इलाका वन कार्यालय बुर्तिवाङका सहायक खिम श्रीसले शारीरिक व्यायाम तथा पौडी सम्वन्धी प्रशिक्षण दिईरहेका छन् । केहि समय पछी लिखित परीक्षा सम्वन्धी तयारी गरिने जानकारी दिए ।

अहिले पूर्व तयारी कक्षाका लागि २५ जना सहभागी भएको श्रीसले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *