Menu

ग्रिनसिटी अस्पतालको सँयोजनमा काठमाडौ चक्रपथ सफाई अभियान प्रारंभ !

कठमाडौ, २०७४ बैशाख ३ । । बागमति सफाई अभियानपछि चmत्रपथ सफाइ अभियान पनि प्रारंभ गरिएको छ । चmक्रपथमा बढदो फोहरलाई ध्यानमा राखी चmक्रपथ सफाई अभियान प्रारंभ गरेकोमा शहरी बिकास मन्त्री अर्जुननरसिह केसीले खुशी ब्यक्त गरेका छन । यो अभियानमा सरकारको पनि सहभागिता रहने जानकारी गराएका छन ।

ग्रिनसिटी अस्पतालले सयोजन गरेको सो चmक्रपथ सफाई अभियानमा स्थानीय नागरिक अभियानताहरु, लायन्स क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिका , यति हेल्थ साइन्स एकेडेमी, होटल ब्यबसायी लगायतको सहभागिता रहेको छ ।

चक्रपथ सफाई अभियानको उदघाटन गर्दैै शहरी बिकास मन्त्री केसीले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्ने समय आएको र परिबर्तनको प्रारंभ प्रत्येकले आफैबाट गर्नुपर्ने बताएका छन ।

पहिलो चरणमा नया बसपार्क देखि नारायणगोपाल चोक सम्म सफाई गरिने भएको छ । पहिलो दिनको एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी महानगरपालिको गाडी मार्फत फोहर संकलन केन्द्रमा पुरयाइएको ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं बागमति सफाई अभियन्ता लोकबहादुर टण्डनले बताए ।

पहिलो दिनको सफाई अभियानमा मात्रै ५ सयको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा हुने सफाई अभियान थप प्रभाबकारी हुने बिश्वास आयोजकको छ । चक्रपथ सफाइ अभियान प्रारंभ भएपछि अब सडकका छेउ छाउ कुनै पनि ब्यबसायीले समान राख्न नपाउने भएका छन ।

अभियानताहरुले सडकको छेउमा छड सिमेण्ट, काठ मुडा , बालुवा, गिटी, टहरा लगायतका समान राख्नेहरुलाई अर्को सफाइ कार्यक्रममा आउदा समानहरु सडकबाट हटाइएको हुनुपर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने कुरा पनि सचेत गराएका छन ।

सफाई अभियानमा सहभागी बरिष्ठ पत्रकार टंक पन्त, मुकुन्द ढुगाना , लोकप्रिय कलाकार तिलक बस्नेत लगायतले फोहर सार्बजनिक ठाउमा नफाल्न र फोहर सडकमा फालेर सरकार कहा गयो भनी प्रश्न नगर्न आग्रह गर्दे आफनो फोहरको आफै ब्यबस्थान गरी महानगरपालिकाको फोहर उठाउने गाडी आएपछि मात्रै बाहिर निकाल्न आह्वान गरेका छन ।

सफाई अभियानको सयोजन गरेका अध्यक्ष टण्डनले आगामी शनिबार देखि प्रत्येक हप्ता चmक्रपथ सफाइ अभियान हुने भएकोले संभब भए सबैतिरबाट नभए चmक्रपथ छेउछाउका सबैले आपनो कर्तब्य ठानी अभियानमा सहभागी हुन बिशेष आह्वान गरेका छन । सफाई अभियानमा प्राथमिक स्वास्थ्यको ब्यबस्था पनि ग्रिनसिटी अस्पतालले गर्ने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *