बडीगाड गाउँपालिकामा माओवादी केन्द्रको एकता सम्मेलन सम्पन्न !

कृष्ण कँडेल, बागलुङ २०७४ बैशाख ३ । नेकपा माओवादी केन्द्र बाडीगाड गाउँपालिकाको शनिबार भिमगिठेमा भएको पहिलो एकता सम्मेलनबाट झनबहादुर बुढाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष मिलन रेश्मी, सचिव प्रबोध थापा, सहसचिव नरेश्वर घिमिरे र तुल्सी विक तथा कोषाध्यक्ष कुमारी थापा रहेका छन् ।

मिलन रेश्मीको संयोजकत्वमा ६१ सदस्यीय गाउँपालिका स्तरिय वाईसिएलको समिति गठन गरिएको छ । वाईसिएलको सहसंयोजक हर्क बुढा र कमल हिजाले, सचिव सेरबहादुर घर्ती र कोषाध्यक्ष ज्योती बुढा रहनुभएको छ । वाईसिएलको गाउँपालिका ईञ्चार्जमा राजन पाईजा रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोटिव्युरो सदस्य तथा बागलुङका सहईञ्चार्ज फमलाल निउरेले स्थानिय तहको संरचनालाई संस्थागत गरि बिकासको प्रक्रियालाई अघि बढाउन तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको बताए ।

उहाँले संघिय संरचना कार्यान्वय गरि समृद्ध नयाँ नेपाल निर्माणको लागि स्थानिय तहमा माओवादी केन्द्रको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बागलुङका सहसंयोजक ज्ञामनाथ गैरै अनिलले माओवादी आन्दोनले उठाएका प्रगतिशित मुद्धाको कार्यान्वयका लागि जसको निति उसैको नेतृत्वको आबश्यक रहेको भन्दै आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, ढोरपाटन नगरपालिका अध्यक्ष चन्द्र आर्याल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेल, वाईएलका राजन पाईजा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका सावित्रा आचार्य, राष्ट्रिय दलित मुक्तिमार्चाका मनोज गैरे र दलित महिलाको तर्फबाट तुल्सी विकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रम राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेको अध्यक्षता, झनबहादुर बुढाको स्वागत र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जीतबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *