Menu

नयाँ शक्ति पार्टी बाट बानपाको मेयरमा तीन जना दाबेदार !

बागलुङ २०७४ बैशाख ३ । नयाँ शक्ति पार्टी नेपाल बागलुङबाट बागलुङ नगरपालिकाको मेयरमा बानपा १ का बाबुकाजी केसी, बानपा ३ का नारायण शर्मा र अमलाचौरका तेजुराम सुनारले उम्मेदवारका लागि दावी प्रस्तुत गरेको पार्टीका नगर संयोजक अर्जुन खत्रीले जानकारी दिएका छन् । यसैवीच नगर समितिले चार वार्डको उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका जिल्ला संयोजक चित्र सापकोटाको बिशेष उपस्थिति र नगर संयोजक अर्जुन खत्रीको अध्यक्षतामा भएको भेलाले बानपा १, २, ३ र ४ मा उम्मेदवार टुंगो लगाएको हो ।

भेलाले बानपा १ मा कृष्ण शर्मा, २ मा विवेक जिसी, ३ मा सन्तोष खड्का र ४ मा महेन्द्रप्रसाद सापकोटालाई वार्ड अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको जिल्ला संयोजक सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *