जैमिनी नगरपालिकाको मेयरमा एमालेले पूर्व पार्टी अध्यक्ष शर्मालाई लडाउने !

बागलुङ २०७४ बैशाख ३ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले आफना उमेदवाहरुको नाम टुंग्याउन थालेको छ । यसैक्रममा जैमिनी नगपालिकाको मेयर पदमा पार्टीका पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

नगरपालिका समन्वय कमिटीको शनिबार सम्पन्न बैठकले शर्मालाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बैठकले उम–मेयरका लागि लिला राना, सावित्रा राना र इन्द्र शर्माको नाम सिफारिस गरेको छ ।

बैठकले जैमुनी नगरपालिका वडा नम्बर १ मा चन्द्रबहादुर थापा अध्यक्ष, रुद्र आचार्य, नेत्रप्रसाद पौडेल, दुर्गा चापागाईलाई सदस्यको उम्मेवार बनाउन सिफारिस गरेको छ । वडा नम्बर २ मा होमनाथ सापकोटालाई अध्यक्षको सर्वसम्मत निर्णय गरिएको छ ।

यस्तै, वडा नम्बर ३ मा अध्यक्षमा वेदबहादुर छन्त्याल, सदस्यमा भैरव छन्त्याल, चित्रकला छन्त्याल, गिता विकलाई सिफारिस गरिएको प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिए । वडा नम्बर ४ को अध्यक्षमा चक्र थापा, सदस्यमा तिलक प्रसाद शर्मा, सोनाकुमार शर्मा, वेली आचार्य, लिलादेवी हरिजन रहेका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा कृष्ण हमाल, सदस्यमा देवेन्द्र रेग्मी, राजेन्द्र केसी, देवी नेपाली, पवित्रा केसी रहनुभएको छ । वडा नम्बर ६ को अध्यक्ष्मा बद्री ढुङ्गाना, मोहराज उपाध्यय, जमुना ढकाल, खगेन्द्र शर्मा, कुसुम ढकाल, खगेन्द्र शर्मालाई सदस्यको लागि सिफारिस गरिएको छ ।

वडा नम्बर ८ को अध्यक्षमा भोजराज शर्मा रहनुभएको छ भने सदस्यमा टिकाराम पाध्या, तोयथान पौडेल, डिलकुमारी उपाध्यय, लक्ष्मी परियार रहेका छन् ।

यसैगरी, वडा नम्बर ९ को अध्यक्षको लागि इन्द्र शर्मा, सदविर थापा, लालबहादुर थापा, गिरीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ भने सदस्यमा कमल थापा, मनबहादुर थापा, हरिप्रसाद उपाध्यय र नन्दप्रसाद शर्मा रहनुभएको छ । वडा नम्बर १० को अध्यक्षमा नरबहादुर श्रीस, सदस्यमा मनबहादुर थापा, छविलाल श्रीस, बसन्ताज थापा, गुमा सार्की रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *