Menu

जैमिनी नगरपालिकामा काँग्रेसका ९ जना मेयर र ४ जना महिला उपमेयरका आकांक्षी !

बागलुङ २०७४ बैशाख २ । यहि बैशाख ३१ गते हुन गै रहेको स्थानिय तहको निर्वाचनका लागिे जैमिनि नगरपालिकामा नेपाली काँग्रेसबाट ९ जना आकांक्षी देखिएका छन

शनिवार पार्टी भित्रको उम्मेदवारी दर्तामा ९ जनाको मेयरमा र ४ जनाको उपमेयरमा उम्मेदवारी परेको काँग्रेस जैमिनी नगरपालिकाका संयोजक काशिराम आचार्यले जानकारी दिए ।

काँग्रेस भित्र मेयरको आकाक्षीमा साविकको कुश्मिसेरा गाविसका पार्टी सभापति एवं जैमिनी नगरपालिकाका नगर संयोजक काशिराम शर्मा आचार्य, पूर्व क्षेत्रीय सचिव प्रेम सापकोटा, पूर्व जिल्ला सदस्य रामचन्द्र सापकोटा, काँग्रेस जिल्ला सचिव नवराज पौडेल, पूर्व महाविधेशन प्रतिनिधि दुर्गादत्त आचार्य, जिल्ला सदस्य पदम बहादुर पुन, पूर्व महाधिवेशन प्रतिनिधि इन्द्रराज पौडेल, पूर्व जिल्ला सचिव पदम बहादुर केसी र नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री एवं महाविधेशन प्रतिनिधि हरिहर शर्मा रहेका छन् ।

मेयर पदमा उठ्ने चाहना सार्वजनिक गर्ने पूर्व महाविधेशन प्रतिनिधि गीतादेवी रेग्मीे अन्तत उपमेयरका लागि पार्टीमा उमेदवारी दिएकी छिन् भने अर्की आकांक्षी उषा पौडेलले आफना श्रीमान नवराज शर्माले मेयरमा पार्टीमा उमेदवारी दिएपछी पछी हटेकी छिन् ।

त्यसैगरी उपमेयरको लागि क्षेत्रीय प्रतिनिधि कौशिला देवी वि.क., भगवती सापकोटा र ईमला शाहीको उम्मेदवारी परेको छ ।

आकाक्षीहरु मध्ये को मेयर र उपमेयरका लागि नगर कार्यसमितिबाट क्षेत्रीय समितिमा सिफारिस भएको आचार्यले बताए । उम्मेदवारीको टुंगो क्षेत्रीय कार्यसमितिले लगाउने छ त्यसबाट पनि सहमति नभएको खण्डमा जिल्ला कार्यसमितिमा आउने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *