Menu

निती र एजेण्डा आफ्नै भएकोले चुनाव जित्ने माओवादी केन्द्रको दाबी !

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख २ । नेकपा माओबादी केन्द्र बागलुङले संगठन बिस्तार अभियानलाई सशक्त बनाउदै लैजाने निर्णय गरेको छ । नेकपा माओबादी केन्द्र नगर समिति बागलुङले आयोजना गरेको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलाले आगामी स्थानिय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि संगठन सुदृढीकरण एबं भेला तथा प्रशिक्षणलाई तिव्रता दिएकोे हो ।

स्थानिय तहको निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि वडा, गाउं नगर र समग्र जिल्ला तह सम्म भेला प्रशिक्षण उम्मेद्वार छनोट लगायतका कार्यक्रमलाई सशक्त बनाएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं नगर ईन्चार्ज निर्मल कुमार श्रेष्ठले जानकारी दिए ।

भेलामा बोल्ने सहभागिले आगामी निर्वाचनमा माओबादी केन्द्रले एकल उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुपर्ने धारणा ब्यक्त गरे ।

माओबादी केन्द्र तेस्रो पार्टी भएकै कारण काँग्रेस एमाले लगायतका बिपक्षीदलले बिभिन्न प्रलोभन देखाएर माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई कमजोर साबित गर्न खोजेको चर्चा गर्दै सहभागि बक्ताले माओबादीका निती र एजेण्डानै मुलुकका साझा मुद्दा बनेकाले निर्वाचनमा आफुहरुकै जित हुने दाबी समेत गरे ।

स्थानिय तहको बस्तुगत अवस्था र अन्य दलको ईमान्दारिता र बिश्वासलाई नियालेर मात्र अन्य दलसंग तालमेल गर्न सकिने बक्ताको भनाई थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, यज्ञबल्लभ शर्मा बिद्रोही, मोहम्मद अजिज,ईन्द्र पाठक, महिला नेत्रृ टिका बिक, बेपत्ता परिवार समाजका अध्यक्ष जशोदा शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा नेकपा माओबादी केन्द्र वडा नम्वर १ का अध्यक्ष राम बहादुर केसी, २ बद्री नारायण शर्मा, ३ का रतन मलेपति ४ का अध्यक्ष कृष्ण प्रसाद आचार्य, सचिव मनोज थापा, ५ का बद्री केसी, ६ का गुरु प्रसाद साप्कोटा, ७ का बिकास बिक, ८ का टोप बहादुर खड्का, ९ का टिकाराम साप्कोटा, १२ का प्रमानन्द शर्मा, १३ का रेशम शर्मा र वडा नम्वर १४ का अध्यक्ष धुर्व परिवार लगायतले आआफ्नो वडाको रिपोर्टिङ्ग गरेका थिए । कार्यक्रम नेकपा माओबादी केन्द्र नगर समिति बागलुङका संयोजक कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, केन्द्रिय सदस्य राम बहादुर बिकको स्वागत मन्तब्य र केन्द्रिय सदस्य एबं नगर ईन्चार्ज निर्मल कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *