Menu

माओवादी केन्द्रको कुस्मा नगर कमिटीमा गिरीको अध्यक्षतामा ५७ सदस्यीय कमिटी गठन !

महेन्द्र केसी पर्वत २०७४ बैशाख २ । माओवादी केन्द्रको कुस्मा नगर सम्मेलनले शंकर गिरीको अध्यक्षतामा ५७ सदस्यीय कुस्मा नगरपालिकाको नगर कमिटि सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राम पराजुली, सचिवमा मिनराज केसी, कोषाध्यक्षमा राम अधिकारी, सहसचिवमा सिता परियार रहेका छन् ।

नगर कमिटिको अध्यक्षमा चयन भएका गिरी २०५६ सालमा क्रान्तिकारी आन्दोलनबाट राजनीतिमा संलग्न भएका व्यक्ति हुन् । उनले २०६५ सालमा तत्कालीन नेकपा माओवादी कास्कीको जिल्ला सदस्यताबाट पूर्ण रुपमा राजनीतिमा होमिएका थिए भने अहिले उनी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका छन् ।

नगर सम्मेलनका प्रमुख अतिथि स्थायी कमिटि सदस्य हरि अधिकारीले जसको एजेण्डा उसको जीत हुनुपर्नेमा जोड दिए । उनले माओवादीले उठाएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशीता लगायतका मुद्दाहरुलाई स्थापित गर्न सफल हुनुनै माओवादीको पहिलो जीत भएको बताए ।
अबको चुनावमा एजेण्डा विनाका दललाई भोट दिनुको कुनै पनि औचित्य नरहेको भन्दै काम गर्नेलाई भोट दिनुपर्ने र सोही अनुसार पार्टी नेतृत्वहरु लाग्नुपर्नेमा जोड दिए । अझै पनि शीर्ष दलहरु स्थानीय तहको चुनावको मिति फेरबदल गर्न र कोहि चुनाव रोक्नको लागि लागि परेको भन्दै सचेत नागरिक जाग्नुपर्ने बेला आएको उनले बताए । अधिकारीले संघीय गणतन्त्रको स्थापना र सोही अनुसार नागरिकलाई घरदैलोमा सेवा सुविधा दिने सोचका साथ अघि बढेको भन्दै देशलाई समृद्ध बनाउको लागि पनि माओवादी केन्द्रको जित हुनुपर्नेमा जोड दिए ।

पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नेत्र अधिकारीले माओवादीले काम गर्ने तर जस लिन नजान्ने भएका कारण पनि पछि परेको बताए । उनले ०६४ सालामा पहिलो पार्टी बनेको माओवादी आफूले ल्याएका एजेण्डाबारे जनतामाझ स्पष्ट राख्न नसकेका कारण पनि दोस्रो संविधानसभामा पराजय व्यहोर्नुपरेको भन्दै अबको स्थानीय तहको चुनावमा माओवादीलाई जिताउनको लागि लागि पर्नुपर्नेमा जोड दिए ।

वाइसिएल प्रदेश ४ इन्चार्ज एवं केन्द्रिय सदस्य समुन देवकोटाले वाइसिल अब जाग्नुपर्ने बताए । पार्टीले वाइसिएललाई रोकेका कारण चुप लागेर बसेको भन्दै अब आफूहरु चुप लाग्ने पक्षमा नरहेको बताए । उनले बाघले चार घण्टा शिकार गरी २० घण्टा आराम गर्ने गरेको र वाइसिएलले पनि आराम गरी बस्दा वाइसिएल हरोयो भन्नेलाई अब शिकारमा वाइसिएल निस्कीएर देखाउनुपर्ने बेला आएको बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुवँर, सुमन देवकोटा, ढाकाराम गौतम, दिपक आचार्य, मानबहादुर पौडेल, मनरुपा सुवेदीले माओवादी केन्द्रलाई देशको पहिलो शक्ति बनाउनको लागि पार्टीका एजेण्डा सहित गाउँगाउँमा पुग्नुपर्नेमा जोड दिए । उनीहरुले अबपनि चुप लागेर बस्ने हो भने त्यसको फाइदा अन्य दलहरुले लिने भन्दै अब यथाशिघ्र चुनावको प्रचारप्रसारलाई तिब्र पार्नुपर्नेमा जोड दिए । नीति हाम्रो जित अरुको हुन सक्दैन, जसको नीति उसैको जीत सुनुश्चित हुनुपर्छ त्यसैले अब हाम्रो युवापंक्ति जाग्नुपर्छ उनीहरुले भने ।

नगर सम्मेलनमा विप्लब नेकपाबाट राम अधिकारी, नेपाली काँग्रेसबाट प्रदिप सुवेदी, राम बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाबाट पूर्ण बहादुर कुवँर, सुनिल पौडेल, विनोद नेपाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *