मधेशलाई अगल राज्य बनाएर भारतमा गाभ्ने खतरा बढ्यो : सांसद पुन !

बालकृष्ण सुबेदी ,गल्कोट २०७४ बैशाख २ । ब्यबस्थापिका संसदका साँसद मिना पुनले संविधान संसोधन बिधेयक सरकारले फिर्ता गरेपनि मधेशलाई अगल राज्य बनाएर भारतको संघमा गाभ्ने खतरा नटरेको बताएकी  छन ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय चुनाब प्रचार प्रसार समितिले गलकोटमा आयोजना गरेको प्रचारात्मक कार्यक्रममा बोल्दै पुनले उक्त धारणा राख्नुभएको हो । भारतिय बिस्तारबादको दबाबमा संसोधन प्रस्ताब अघि सारिएकोले उक्त प्रस्ताब नेपालको हितमा नरहेको पुनको भनाई छ ।

सरकारले संविधान कार्यान्वयन तर्फ ध्यान नदिएको र संसोधन प्रस्ताबको बाहानामा अल्झिनु दुर्भाग्य भएको पुनले बताइन । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न जनदबाब स्वरुप राष्ट्रिय जनमोर्चाले देश ब्यापी अभियान चलाएको उनले जानकारी दिइन ।

कार्यक्रममा नेकपा मसालका केन्द्रिय प्रवत्ता विमल शर्मा ,अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष नारायण सापकोटा , गलकोट नगरपालिका मेयर पदका उमेद्वार टँक केसि ,उपमेयर पदका उमेद्धार सुनमायाँ ढकाल , प्रगतिसिल पत्रकार संघका केन्द्रिय सदस्य ताराप्रसाद शर्मा लगाएतले बोलेका थिए ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकार हरुले साँस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता ,जिल्ला सदस्य पदम श्रेष्ठको स्वागत र अखिल छैठौका महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *