Menu

स्थानिय चुनाबको खारेजीको माग गर्दै बुर्तिवाङमा नेकपा बिप्लबको प्रतिरोध अभियान !

कृष्ण कँडेल, बुर्तिवाङ २०७४ बैशाख २ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा शनिवार नेपाल कम्युनिष्ट पार्टीे बिप्लबले ‘जनसत्ताको विस्तार र सुदृढ गरौँ, कथित स्थानिय चुनाबको खारेजी गरौँ’ भन्ने नारा सहित स्थानिय निर्वाचन खारेजीको माग गर्दै राष्ट्रिय जनजागरण तथा प्रतिरोध अभियान निर्वाधरुपमा सम्पन्न गरेको छ ।

यसअघि तमानखोलाको लाममेलामा गर्न लागेको यहि कार्यक्रम प्रहरीले धरपकड गरेपछी रोकिएको थियो । लाममेलमा सामना परिवारले साँस्कृतिक कार्यक्रम निकाल्ने तयारी गरिरहेकै अवस्थामा प्रहरीले एक्कासी जिल्ला सेक्रेटरी छम सेन सहित ४ जना कार्यकर्तालाई पक्राउ गरेपछि नेकपाले निर्धारित कार्यक्रम गर्न सकेन ।

आज त्यहि निर्वाचन खारेजीको कार्यक्रम नेकपाले ईलाका प्रहरी कार्यालय बुर्तिबाङकै सामुन्नेमा रहेको बुर्तिबाङ बसपार्कमा प्रहरी कै रोहबरमा निर्वाध रुपमा सम्पन्न गरेको छ । विरोध कार्यक्रममा कलाकारको सांस्कृतिक प्रस्तुतिसँगै ४ जना नेताले भाषण समेत गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो ईञ्चार्ज पारशमणि रिजालले नेपालको बर्तमान शासन प्रणाली दलाल प्रबृत्तिको रहेको भन्दै स्थानिय निर्वाचनले केन्द्रिय दलाल सत्ता टिकाउने स्थानिय प्रतिनिधि मात्र निर्वाचित हुने आरोप लगाए ।

उनले अहिलेको सरकार र राजनितिक दलले समेत विदेशीको दलाली गरेर आफ्नो सत्ता टिकाउने र ब्रह्मलुट मच्चाउने बाहेक जनहित तथा मुलुकको स्वाभिमानको पक्षमा केहि नगर्ने जिकिर गरे ।

नेता रिजालले आफ्नो पार्टीले स्थानिय चुनाब खारेज गरेर समानान्तर जनसत्ता निमार्ण गर्दै बैज्ञानिक समाजबादी शासन व्यवस्था स्थापना गर्ने उद्घोष गरे ।

बागलुङका ईञ्चार्ज बिकिरण क्षेत्रीले नेकपा फेरी युद्धमा जाँदैछ भन्ने भ्रममा नपर्न आग्रह गर्दै आफुहरुले नेपाली समाजको समृद्धि र राष्ट्रिय स्वाधिनता सहितको अर्थतन्त्र निर्माणका लागि क्रान्तिको बाटोमा अघि बढेको स्पष्ट पारे ।

त्यसको बाधक सासनसत्तामा रहेको दलालि प्रवृत्ति रहेकाले त्यसको खारेजी गर्दै समानता सहितको शासन व्यवस्थाका लागि क्रान्तिको झण्डा उठाएको बताए ।

कार्यक्रममा धौलागिरी ब्युरो सदस्य अनन्त केसी र बागलुङका सेक्रेटरी छमबहादुर सेनले पनि निर्वाचन किन खारेजी गर्ने, त्यसपछिको विकल्प पार्टीले के देखेको छ भन्ने जस्ता विषयमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा सामाना सांस्कृतिक परिवारका झण्डै एक दर्जन कलाकारले गीत, नृत्य र ब्यङ्ग्यात्मक प्रस्तुति सहित निर्वाचनको खारेजी, जनसत्ता निर्माण र बैज्ञानिक समाजबाद प्राप्तीको लागि एकीकृत जनक्रान्तिको बाटोमा लाग्न आह्वान गरेका थिए ।

कार्यक्रम जिल्ला सेक्रेटरी छमबहादुर सेनको अध्यक्षता, जिल्ला सदस्य सुमित घर्तीको स्वागत र धौलागिरी ब्युरो सदस्य तथा कलाकार नबिन कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम अबधिभर प्रहरी कार्यक्रम स्थलमै रहेका थिए । प्रहरी स्रोतले तमानको कार्यक्रम माथिकै आदेश अनुसार हुन नदिएको र आज भने शान्तिपुर्ण कार्यक्रम भए पक्राउ नगर्ने आदेश रहेकाले कार्यक्रम गर्न दिईएको बताएको छ । यो कार्यक्रम भोलि खर्बाङमा हुने नेकपाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *