Menu

निसी भूजीको उच्च भूभागमा परेको केहि वर्ष यताकै ठुलो असिनाले बालीनालमा क्षती !

कुम्बिर बिश्वकर्मा ,बुर्तिबाङ २०७४ बैशाख २ । बागलुङको निसीभुजी क्षेत्रका उच्च भागहरुमा शुक्रवार साँझ परेको वर्षा र असिनाले तरकारी, फलफुल र खाद्यान्न वालीमा नोक्सान पुराएको छ ।

निसीखोला गाउँ पालिकाका विभिन्न ठाउँहरुमा र ढोरपाटन नगरपालिकाको साविक बोवाङ गाविसको माथिल्लो भाग ढोरपाटन क्षेत्रमा शुक्रबार साझ ठुला ठुला असिना परेको छ। असिनाले किसानहरुले लगाएको मौसमी बालीहरु,फलफूल ,तरकारी लगायतमा क्षति पुर्याएको किसानहरुले बताएका छन्।

किसानहरुले लगाएको आलू ,जौ, गहुँ ,मकैको बिरुवा र प्याज, रायोसाग तथा आरूबखडा ,सुन्तलाका फुल ,केराका बोटहरु असिनामा परेर छियाछिया बनाएर नष्ट गरेको छ।

त्यस्तै निसीका किसान अमरसिह बिश्वकर्माले मौसमी बालीहरु खुर्सानी ,प्याज, भुषा, केराउ, भटमास उब्जनी गरि जिबिकोपार्जन गर्थे अहिले पनि सबै भर्खरै बिरुवाहरु बनाएको थिए तर हिजो साझको असिनाले सबै नष्ट गरेको बताउदै शुक्रवारको असिना धेरै बर्ष एताकै ठूलो परेको स्थानीय बासिहरुको भनाइ रहेको छ।

असिनाले बोटबिरुवा नस्ट गर्नुका साथै विभिन्न भागमा क्षती पुराएको समाचार छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *