गाउँको विकासका लागि बिहुँकोट समाज जापान द्वारा १ करोडको अक्षयकोष स्थापना !

रामशरण पोखरेल, बागलुङ २०७४ बैशाख २ । बागलुङ रोजगारीको सिलसिलामा जापान पुगेका विहुँवासीको सामाजिक संस्था बिहुँकोट समाज जापान बागलुङले एक करोडको अक्षयकोष स्थापना गरेको छ । काठेखोला गाउँपालीका वडा नम्वर ५ र ६ मा शिक्षा स्वास्थ्य तथा भैपरि आउने विपत व्यवस्थापन र समाजिक कार्यमा सघाउने उदेश्यले कोषको स्थापना गरिएको बताईएको छ ।

समाजको प्रथम अभिवेशन तथा अक्षयकोष स्थापना कार्यक्रममा विहुँकोट समाज जापानले जापान समाज विहुकोटलाई चेक हस्तान्त्रण गरेको थियो । रोजगारीको सिलसिलामा जापान पुगेका विहुँवासीले चन्दा संकलन गरी सो रकम जम्मा गरेका हुन ।

विहुकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले रोजगारीको सिलसिलामा जहाँ गएपनि जन्मभुमिको विकासमा सघाउनु सह्रानीय कार्य भएको वताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र, पूर्व सांसद व्दय टंकप्रसाद कडेल , गोविन्द प्रसाद कडेंल समाजसेवी मणिभद्र कडेल ,जगदिशचन्द्र उपाध्याय ,अक्षयकोषका संयोजक ऋषिराम कडेल, जापान समाज विहुकोटका सदस्य चिरञ्जीवी कडेल ,ज्ञानकुमारी श्रीष शर्मा, जापान समाज विहुकोटका उपाध्यक्ष डिल्लीप्रसाद कडेल, आजीवन सदस्य नारायणदत्त कडेल, विहुकोट समाज जापानका उपाध्यक्ष गोविन्द प्रसाद कडेल, संरक्षक दिपक सुवेदी सहसंरक्षक लिलाधर कडेल, दिपक कडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जापान समाज विहुकोटका अध्यक्ष गैरीशंकर शर्मा सुवेदी र विहुकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत प्रस्तुत गरेका थिए ।

त्यस्तै जापान समाज विहुकोटका सचिव भिष्म कडेल र विहुकोट समाज जापानका सचिव असोक शर्मा गोपालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने जापान समाज विहुकोटका कोषाध्यक्ष नारायण कडेल राजु र विहुकोट समाज जापानका कोषाध्यक्ष दिपक कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत पेस गरेका थिए ।
जापान समाज विहुकोटका उपाध्यक्ष यमलाल कडेंलले स्वागत र कार्यक्रमको संचालन जापान समाज विहुँकोटका सहसचिव सुदर्शन कडेलले गरेका थिए । अधिवेशले नया नेतृत्व चयन गर्ने बताईएको छ ।्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *