Menu

राप्रपाका पूर्व उपाध्यक्ष श्रेष्ठ एकीकृत राप्रपा राष्ट्रवादीमा पसे !

बागलुङ २०७४ बैशाख २ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको उपाध्यक्ष पदबाट राजिनामा दिँदै पार्टी परित्याग गरेका शैलेन्द्र श्रेष्ठ शुक्रवार डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको अध्यक्ष बनेका छन् । उनलाई शुक्रवार सो पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी अन्चल संयोजक नरबहादुर थापाले जिल्लाको कमान सुम्पेका हुन् ।

राप्रपाको ऐतिहासिक एकता महाधिवेशनका प्रतिनिधी समेत रहेका श्रेष्ठले महाधिवेशनमा भाग लिएका थिएनन् । उनले जिल्लामा एकीकृत राप्रपा राष्ट्रवादीको संगठन विस्तार गर्ने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *