किसानको पसिनामा, खनियो असिना : पर्वत फलेवास र फलामखानीमा लाखौँको क्षती !

माधब पराजुली, पर्वत २०७४ बैशाख २ । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिका सहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो ।

असिनाल,े बतिला लाग्दै गरेको सुन्तला, काँक्रा, लौका, फर्सी, भिन्डी, साग, गोपी र गहुँ लगाएतको बालीमा क्षति र्पुयाएको कृषकले बताएका छन् ।
करिब आधा घण्टा लगातार परेको असिनाले फलेवास नगरपालिकाको ठानामौला र लिमीठाना, पाङग्राङमा किसानहरुको फुल्दै गरेका सुन्तला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हो । पर्वतको ठानामौला र लिमिठानाका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् । यहाँका एएटै किसानले सुन्तला बाट बार्षीक करिब १२ लाखको आम्दानी गर्दै आएका छन् ।

उक्त ठाउँमा सुन्तलाको फूलमा बढी क्षति र्पुयाएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जानाएको छ । कार्यालय अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

काक्रा खेतीको पकेट क्षत्र मानिने पाङग्राङमा समेत असिनाले भर्खरै रोपेको काक्राका चिचिलो नष्ट गरेपछी किसना मर्कामा परेका छन् । उनीहरुले काक्रा बाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले क्षतिको विवरण आज शनिवार भएकाले आईतबार विहानै देखि संकलन गर्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *