Menu

गल्कोट काँडेबास बाट नारायणगढ सम्म सिधा बस सेवा शुरु !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७४ बैशाख २ । बागलुङ गल्कोट नगरपालिका काँडेबास हुँदै हाँडीखोला भएर वामीटक्सार हुँदै बुटवल तथा नारायणगढ सम्मको लागि बस सन्चालनमा आएको छ ।

शुक्रबार बिहान बाट नियमित रुपमा बस सेवा सन्चालन भएको गुल्मी यातायात ब्यबसायी संघका पुर्व अध्यक्ष रुपक श्रेष्ठले जानकारी दिए ।

गुल्मी यातायात ब्यबसायी समितिको संयोजनमा यात्रुहरुको मागलाइ ध्यानमा राख्दै यस्तो ब्यबस्था गरिएको उनले बताए ।
गाडी बिहान सात बजे काँडेबासबाट यात्रा सुरु गर्नेछ भने त्यसपछि हाँडीखोला हुँदै वामी आउने छ र बुटवलको लागि प्रस्थान गर्नेछ ।

यसरी आफ्नै क्षेत्रबाट बुटवल देखी नारायणगढ सम्म सिधा यातायात सञ्चलन हुँदा स्थानीयहरुले अब निकै सहज हुने देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *