क्यान्सर पीडित सैवीर बिकलाई दुई युवाव्दारा आर्थिक सहयोग हस्तान्तरण !

रामशरण पोखरेल, बागलुङ २०७४ बैशाख २ । रोजगारको सिलसिलामा बिहुँबाट जापानमा पुगेका दुई युवाले काठेखोला गाऊँपालिका वडा नम्बर ५ का क्यान्सर पीडित शैवीर बि।क लाई आर्थिक सहयोग गरेका छन् । एन आर एन जापान अन्तर्गत कान्साई समितिका सदस्य तथा बिहुँकोट समाज कान्साईका कोषाध्यक्ष प्रेम कडेंल र बिहुँकोट समाज जापानका कोषाध्यक्ष दिपक कडेंलले पीडितको घरमै पुगेर नगद रु १५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै उनिहरुले यो सहयोग रकम पहिलो चरणमा भएको र जापान पुगेर अन्य सहयोग रकम सकंलन गरि पठाउने बताए ।

आर्थिक अवस्था नाजुक भएका पीडित बि।क का श्रीमती, तिन छोरी र एक छोरा छन् । ‘उपचार गर्न कुनै कसरत बाँकी राखेका छैनौँ, आम्दानीको स्रोत केहि छैन ऋणै ऋणमा उपचार गर्दा बिहान बेलुका छाक टार्न समेत धौ भएको छ, पीडित बिककी श्रीमती नानुमाया बिकले रुँदै भनिन्, ‘हाम्रो दुस्खलाई आफ्नै दुस्ख सम्झेर सहयोग गर्नुस् ।’

पीडित बिकका दाई जित बहादुर बिकले भने अहिले ओछ्यानमै हुनुहुन्छ, हिँडडुल गर्ने स्थिति छैन, एक जना कुरेरै बस्नुपर्छ दिसापिसाव सियार्न सक्नुहुन्न ।’
तिन बर्ष अघिदेखि देब्रे खुट्टाको घुँडाबाट सुरु भएको रोग अहिले शरिर भरिनै फैलिएको छ । ३८ बर्षिय बिकले सहयोग गरि जीवन रक्षा गरिदिन अपिल गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *