Menu

माओवादी केन्द्रको काठेखोला गापाको अक्षतेमा शुभकामना आदनप्रदान !

बागलुङ, २०७४ वैशाख १ । नेकपा (माओवादी केन्द्र) काठेखोला गाउँपालिकाले नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले गाउँपालिकाको केन्द्र अक्षेतेलाई बनाउनुपर्ने बताए । सबै दृष्टिकोणबाट अक्षेतेक्षेत्र केन्द्र निर्माणको लागि उपयुक्त हुने केसीको भनाइ छ ।

उनले मुलुकले हाँसिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य रहेको बताए । स्थानीत तह हुँदै केन्द्रसम्मको निर्वाचनले संविधान कार्यान्वयनको सनिश्चिता प्रदान गर्ने केसीको भनाइ थियो ।

समाजको अग्रगामी परिवतर्नको लागि अगुवाइ गरिरहेको माओवादी केन्द्र आसन्न स्थानीय तहको निर्वाचनमा बलियो शक्तिको रुपमा अघि आउने केसीले बताए । उनले देश व्यापी रुपमा माओवादी केन्द्रको पक्षमा जनलहर सिर्जना भइरहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट तोरणध्वज मल्ल, नेकपा (एमाले) का तर्फबाट बद्री भण्डारी, अक्षेते प्रहरी चौकीका इञ्चार्ज महेश रायमाझी, दुर्गा भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अक्षेतेस्थित केन्द्रको कार्यालय परिसरमा भएको कार्यक्रमको सञ्चालन काठेखोला गाउँपालिकाका पार्टी अध्यक्ष कृष्ण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *