Menu

निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाव्दारा बिरोध कार्यक्रमको घोषणा !

काठमाडौँ २०७४ बैशाख १ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको पदाधिकारीहरुको बैठकले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाएको विरोधमा बैशाख ५ गते देशका ७४४ गाउपालिका र नगरपालिकामा जुलुुस सहित निर्वाचन आयोगको निर्णय प्रतिलिपी जलाउने निर्णय गरेको छ ।

बैठकले बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र जिल्ला निर्वाचन आयोग कार्यालय अगाडी १ घण्टा धर्ना दिने निर्णयपनि गरेको छ । बैठकले काठमाडौँ उपत्यकामा केन्द्रिय निर्वाचन आयोग अगाडी शक्ति प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनको लागि पार्टीको मुल नारा राप्रपाको प्रतिद्धता, सकारात्मक परिवर्तन / राष्ट्रियता, हिन्दुराष्ट्र, विकास र सुशासन तय गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *