Menu

गल्कोटमा सडक मर्मत तथा स्तरोन्नति कार्य सुरु !

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत ३१ । गल्कोट नगरपालिका ७ आँगाखेत देखि पाण्डवखानी रमुवा सम्मको ३८८ मिटर सडकको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । सडक बोर्ड काठमाण्डौको नगद रु २५ लाख सहयोगमा सडक मर्मत कार्यलाई तिब्रता दिईएको मल्म पाण्डवखानी मोटरबाटो समितिका अध्यक्ष छम बहादुर काउचाले जानकारी दिए। अहिले मल्म टोकरी पाण्डवखानी सिद्वथान सम्मको सडकमा सोलिङ, फिलिङ र नाली कटिङको काम सम्पन्न भएको छ ।

त्यस्तै सिद्धस्थान देखि काभ्रे सम्म पनि काम तिव्र रुपमा अगाडी बढाईएको समितिले जनाएको छ ।

यता आँगाखेत देखि सानोखोला हुँदै देउराली प्रावि टोकरी सम्म पनि काम सुरु भएको समितिका सदस्य दल बहादुर थापाले बताए । सडकको मर्मत संगै स्तरोन्नति गरिएपछि यात्रामा सहजता भएको गाडी चालकहरुले बताएका छन । मर्मत तथा स्तरोन्नतिको काम वैशाख पूर्णिमा अगावै सम्पन्न गर्ने लक्ष्य रहेको छ । अब सडकमा जाली भर्ने कार्य बाँकी रहेको अध्यक्ष काउचाले बताए । स्थानिय निकायको निर्वाचनको तयारीमा जुटेको भन्दै सडक बोर्डबाट विनियोजित रकम निकासा नभएपछि निमार्ण कार्य प्रभाकारी रुपमा सञ्चालन गर्न समस्या भएको समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *