बडीगाडमा गण्डकीको चर्चा …

बुर्तिवाङ २०७३ चैत ३१ । बागलुङ जिल्लाको सबैभन्दा ठुलो बडीगाड गाउपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट महिला नेतृ गण्डकी थापा अधिकारीको नाम चर्चामा छ । उनी सो पदमा उमेदवार बन्नकै लागि शिक्षक पदबाट राजिनामा दिएर तयारी अवस्थामा रहेको उनका निकटवर्तीहरुले बताए ।
नेपाली काँग्रेसबाट कृष्ण केसी, हरिदत्त आचार्य पनि प्रमुख पदको उमेदवार बन्न ईच्छुक रहेको बताएको छ ।


बागलुङमा कृयाशील नेपाली काँँग्रेसका महिला नेतृहरु, यिनै मध्यबाट मेयर वा उपमेयर बनाईने पक्का बताईन्छ, बायाँबाट रेणुका काउचा मगर, गीता रेग्मी, मन्जू चालिसे, कल्पना हमाल, पार्वती आचार्य र सकुन्तला शर्मा ।

उता गल्कोट नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसकी महिला नेतृ रेणुका काउचामगरको नाम चर्चामा रहेको छ भने अर्की महिला नेतृ मन्जू चालिसेको नाम पनि काँग्रसी बृत्तमा लिने गरिन्छ । मेयर पदमा मन्जेश वम मल्ल, भरत शर्मा, फमबहादुर खत्री लगायत आकाँक्षी रहेको बुझिएको छ ।

यसैगरी बागलुङ नगरपालिकामा महिला संघकी अध्यक्ष सकुन्तला शर्मा, पार्वती आचार्य र कल्पना हमाल तथा जैमीनी नगरपालिकामा महिला नेतृहरु उषा पौडेल र गीता रेग्मीको नाम मेयर पदको उमेदवारका आकाँक्षीमा लिने गरिन्छ । जैमिनी नगरपालिकामा मेयरमा नवराज शर्मा, हरि आचार्य, ईन्द्रलाल पौडेल, भीम श्रीसको नाम मेयरका आकांक्षीमा लिने गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *