क्षेत्रीय सभापति गौतमलाई बागलुङ नगरपालिकाको मेयरमा उठाउन सर्वसम्मत सिफारिस !

काठेखोला गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने काँग्रेसका ६ आकाँक्षी !

बागलुङ २०७३ चैत ३१ । नेपाली काँग्रेस बागलुङ नगरपालिका–७ वडा समितिको भेलाले क्षेत्रीय सभापति चिरञ्जीवी गौतमलाई बागलुङ नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ भने दिलबहादुर पराजुलीलाई स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । महिला सदस्यमा दुर्गादेवी विकलाई सिफारीस गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसबाट काठेखोला गाउँपालिकामा प्रमुखको उम्मेदवार बन्न आधा दर्जन आकाँक्षी देखिएका छन् । बिहीबार बसेको गाउँपालिकाको भेलामा ६ जनाले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने चाहाना देखाएका हुन् । गंगप्रसाद कँडेल, परमानन्द कँडेल, चित्रबहादुर कार्की, होमबहादुर हमाल, खिमानन्द पौडेल र शिवप्रसाद कँडेलले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका हुन् । त्यस्तै उपाध्यक्ष ज्ञानु शर्मा श्रीस, हरिप्रसाद शेरचन, टिकाकुमारी कँडेल, सावित्रा खड्काले दाबी गरेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन जो उम्मेदवार बनेपनि सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति एव पूर्व गोविन्दप्रसाद कँडेल, पूर्व सांसद टंकप्रसाद कँडेल, महासमिति सदस्य होमबहादुर हमाल, जिल्ला सदस्यहरु चित्रबहादुर कार्की , ज्ञानु शर्मा श्रीस, खिमानन्द पौडेल, क्षेत्रीय सचिव केशव थापा, पूर्व क्षेत्रीय सदस्य परमानन्द कँडेल, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, दलित संघका पूर्व अध्यक्ष हर्कमान विक, शिक्षक संघका सदस्य जगुपति कँडेल, प्रेस युनियन अध्यक्ष नरेश कँडेल, नेविसंघका सचिव नरेन्द्र कँडेल, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिष थापा, गंगा कँडेल, जेसिजका पूर्व अध्यक्ष ऋषिराम गौतम, नेपाली काँग्रेस काठेखोलाका सहसंयोजकहरु यामदत्त कँडेल, भवानीशंकर कँडेल, काशिराम कँडेल लगायतले बोलेका थिए ।

यसैबीच नेपाली काँग्रेस काठेखोला गाउँपालिका वडा नम्बर २ ले प्रकाशमान थापालाई वडा अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । बाँकी सदस्य पछि टुङ्गाउने बताईएको छ ।

गाउँपालिका संयोजक ज्ञामनाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक खडक थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *