Menu

स्थानीय तहको चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा कुनै शंका गर्नुपर्दैन – निर्वाचन आयुक्त पौडेल

महेन्द्र केसी, पर्वत २०७३ चैत ३१ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुने भन्दै चुनाव हुनेमा आंशका नगर्न आग्रह गरेका छन् । उनले तोकिएकै मितिमा देशभरी एकै पटक चुनाव हुने बताए । चुनाव सम्पन्न गराउनको लागि १२० दिन चाहिन्छ तर हामीले ८३ दिनमानै चुनाव सम्पन्न गराउनको लागि प्रयास गरेका छौ । चुनावको लागि आवश्यक पर्ने कामहरु भैराखेका छन्, चुनाव हुन्छ, हुन्छ , हुन्छ यसमा कुनै शंका गर्नुपर्दैन उनले भने । देशभरी चुनावी माहोल बनिसकेको भन्दै पौडेलले बताए ।

उनले मतदाता नामवली बैशाख ३ भित्र प्रकाशन हुने भन्दै अब चुनावको लागि सवै जुट्न आग्रह गरे । तोकिएको मितिमा चुनाव सम्पन्न नभए देश गम्भीर समस्यामा पर्ने र प्राप्त भएको अधिकार र संविधानको समेत कुनै औचित्य नहुने भन्दै संविधान रक्षाका लागि पनि तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनुपर्नेमा जोड दिए । तोकिएको मितिमा चुनाव सम्पन्न भएन भने देश गम्भीर मोडमा फस्छ, प्राप्त भएका अधिका समाप्त हुन्छ । लोकतन्त्रको स्थायित्व कायम हुदैन त्यसैले कुनै पनि हालतमा चुनाव रोकिने पक्षमा छैन । हामी चुनाव गराउनको लागि तयारी गरिरहेका छौ ।

चुनाव सभ्य र भव्यरुपले सफल हुन्छ उनले भने । अझै पनि केहि राजनीतिक दलहरु चुनावी झण्डा प्राप्त नगरेको विषयलाई लिएर आन्दोलित भैराखेको अबस्था र मधेसी दलपनि आन्दोलनमा रहेको सन्दर्भमा उनले भने संविधानमा उल्लेख भए बोमोजिम हामीले काम गर्ने हो। केहि दलहरु आफ्नो चुनावी झण्डा प्राप्त नभएको बारेमा आन्दोलित हुनुहुन्छ जून गलत हो । संविधानमा जनप्रतिनिधिले जे लेखे त्यसको पालना हामीले गर्नुपर्छ यसको बारेमा हामीसँग भन्दा पनि राजनीतिक दलहरुको सहमति आवश्यक छ । उहाँहरुले संविधान संशोधन मार्फत संविधानमा भएको कुरालाई संशोधन गर्नुहुन्छ भने हामीलाई चुनाव चिन्ह दिनको लागि कुनै आपत्ति छैन उनले भने । संशोधन नभए सम्म अन्य दललाई चुनाब चिन्ह दिन नसकिने स्पष्ट पारे । ‘निर्वाचन कानुन संशोधन नभए सम्म चुनाब चिन्ह दिन सक्ने अवस्था छैन’ उनले भने ‘संबिधान संशोधन गरेर फेरी चिन्ह दिन सकिन्छ’ चुनावलाई सफल बनाउनको लागि तीन वटै सुरक्षा निकाय परिचालन हुने उनले बताए ।

पौडेलले पहिलो सुरक्षा घेरमा प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने बताए । निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन तराईमा सेना तराईमा सेना पठाउन सकिने धारणा ब्यक्त गरेका छन । निर्वाचनको तयारी बारे बुझ्न पर्वतमा आएका आयुक्त पौडेलले सेनाले गस्ती गर्दा जनतामा सुरक्षाको अनुभूति हुने भएकाले सेना पठाउन सकिने बताएका हुन । ‘निर्वाचनमा सेना परिचालन होइन, जनतालाई चुनाबीमा निधक्क भएर भाग लिन सजिलो होस भनेर सेना पठाउने हो’ उनले भने ‘मतदान स्थलमा सेना बस्दैन बाहिरी सुरक्षा हुन्छ’ तराईमा चुनाब बिथोल्न खोजेमा सेनालाई हवाई र स्थल गस्ती गराउन सकिने उनको धारणा थियो । ‘यसलाई सेना परिचालनको रुपमा बुझ्न हुँदैन’ उनले भने ‘तेस्रो पंक्तिमा सेना रहने कुरा नौलो हुँदै होइन’ उनले चुनाब दुई चरणमा हुने कुरा आयोगले कल्पना पनि नगरेको बताए । मुलुक निर्वाचनको महायज्ञमा होमिएका कारण बैषाख ३१ मानै हुने उनले दाबी गरे ।

निर्वाचन आयोग कुनै पनि दललाई प्रतिबन्ध लगाएर चुनाबको परिकल्पना गर्न नसक्ने बताउँदै निर्वाचन सम्बन्धी कानुन आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले आयोगले आन्तरिक तयारी र बाह्य सहयोग लिने काम भैरहेको बताउँदै सबै तयारी गर्न आयोग सक्षम रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले निर्वाचनका लागि जिल्लाको सुरक्षा योजना र अन्य सबै काम भैरहेको जानकारी गराए ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी र सञ्चारकर्मीले जिज्ञासा राखेका थिए भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जिल्लामा भएका गतिबिधी बारे जानकारी गराएका थिए ।

पर्वतमा स्थानीय तहको चुनाव सम्पन्न गराउनको लागि ७४ वटा मतदानस्थल स्थापना गरिनेछ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा २२ हजार ६७० मतदाता रहेका छन् । जसमध्ये ५२ हजार १६० महिला, ४७ हजार ५१० पुरुष, ८२७ रहेका छन् भने १ हजार ६०८ जना अयोग्य ठहर गिरएको छ । १६ वटा राजनीतिक दलहरु दर्ता भएको जिल्लामा १३५ वटा मतदान केन्द्र स्थापना हुनेछन् । मतदाता शिक्षाका लागि १३५ जना परिचालिका समेत खटाउने तयारी भएको जिल्ला निर्वाचन आयोग पर्वतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *