निर्वाचन वहिष्कारमा लागेको नेकपा बिप्लबका चार नेता पक्राउ !

बागलुङ २०७३ चैत ३१ । बागलुङमा नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन वहिष्कारमा राष्ट्रिय प्रतिकार तथा जागरण अभियान चलाउदैै आएको बिप्लब नेतृत्वको नेकपा बागलुङका जिल्ला सेक्रेटरी छम सेन सहित बाबुराम आचार्य, डिल बाहादुर कुमाल र सुमित घर्ती मगरलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार, उनिहरुलाई बागलुङ सदरमुकाममा सास्कृतिक कार्यक्रमकोको तयारी गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । यसैवीच नेकपा बागलुङका ईन्चार्ज विकिरणले पक्राउ गरिएका पार्टीका नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केही दिनअघि सम्पन्न महाधिवेशनले सरकारले घोषणा गरेको स्थानीय तहका निर्वाचनलाई सशक्त वहिष्कार गर्ने, असफल बनाउने र स्थानीय जनसत्ताको चुनाव गर्ने निर्णय गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *