Menu

दुदिलाभाटीको स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारी नबसेपछी तालाबन्दी !

गल्कोट २०७३ चैत ३१ । गल्कोट नगरपालिका- १ साबिक दुदिलाभाटी गाविस स्थित स्वास्थ्य चौकीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरुले बुधवार दिउसो ४ बजेर १२ मिनेट जाँदा तालाबन्दी गरेका छन् । स्वास्थ्य चौकीमा कर्मचारीहरु विहान समयमै नआउने र ५ नबज्दै कार्यालयबाट घरतिर हिँड्ने गरेकाले नेकपाका कार्यकर्ताहरुले चौकीमा ताला लगाएको बताए ।

कार्यालय समय बाँकी रहँदै बुधवार चौकीका कर्मचारीहरु घरतिर लागेपछी उनिहरुले कार्यालयमा ताला लगाएको जानकारी दिए ।

स्वास्थ्य चौकीका प्रमुख मीनराज गैरे लगायत अन्य स्टाफहरु प्राय: जसो विहान कार्यालय समयमा उपस्थित नहुने र कार्यालय समय नसकिदै आफुखुसी कार्यालयबाट घरतिर लाग्ने गरेकाले ताला लगाएको नेकपा कार्यकर्ता दलसिँह खत्रीले बताए ।

स्वास्थ्य चौकीका प्रमुख नरेठाँटी निवासी गैरेले विहान गल्कोट हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका छन । आज चौकीका कर्मचारी र स्थानीयवीच छलफल गरेर मात्र ताला खोलिने संभावना रहेको श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *