Menu

ताराखसे युवा क्लबको वार्षिकोत्सवमा आयोजित भलिबल प्रतियोगितामा गल्कोट विजयी !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ चैत ३० । मुसीकोट नगरपालिका ८ मालारानीको ताराखसे युवा क्लबको बार्षिकोत्सबको अवसरमा आयोजित बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम बुधवार सम्पन्न भएको छ । क्लबले खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगीता सँगै अन्य साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो ।

पुरुष भलिबल प्रतियोगीतामा छिमेमी जिल्ला बागलुङको गल्कोट नगरपालिका हटियामा रहेको हटियाबजार एरिया हटिया क्लब प्रथम, हेप्पी योङ्ग हट क्लब द्धितिय तथा जनजागृति युवा क्लब तृतिय भएका छन । बिजेताहरुले क्रमश २५ हजार, १५ हजार र ८ हजार रुपैया पुरस्कार पाएका छन । उक्त प्रतियोगीतामा २२ समुहको सहभागीता रहेको त्याहाबाट सहकर्मी रमेश रसैलीले जानकारी दिए ।

त्यसैगरी ४ समुहको सहभागीता रहेको महिला भलिबल प्रतियोगीतामा बसन्त युवा क्लब मनेवा प्रथम, ताराखसे युवा क्लबका दुइ समुहहरु दोस्रो र तेश्रो भएका छन ।

कार्यक्रममा अन्य बिबिध रोचक प्रस्तुतीहरु समेत सम्पन्न भएका थिए । कार्यक्रममा क्लबको उपाध्यक्ष चन्द्र बहादुर घर्तीको अध्यक्षता रहेको थियो भने खेलकुद बिकास समिति गुल्मीका सदस्य नविन कक्षपतिको प्रमुख आतिथ्यता रहेको थियो । सञ्चालन हरिमाया छन्तेलले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *