Menu

बुर्तिबाङमा दलित सञ्जालका प्रतिनिधिको क्षमता अभिबृद्धि गर्न दुई दिने तालिम सुरु !

सुुमन सुनार, बुर्तिवाङ २०७३ चैत ३० । जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत वडा नं. १ बुर्तिबाङमा दलित सञ्जालका प्रतिनिधिको क्षमता अभिबृद्धिका लागी बुधबार देखि दुई दिने स्रोत ब्यवस्थापन तथा परिचालन तालिम सुरु भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र दलित स–शक्तीकरण केन्द्र बागलुङको आयोजनामा दलित समुदाय र अपांगता संजालको स्थानिय स्रोत साधनमा पहुच र त्यसको परिचालन गर्ने उद्धेश्यले उक्त तालिम सञ्चालन गरिएको दलित स–शक्तिकरण केन्द्र बाग्लुङका कार्यक्रम अधिकृत श्याम विश्वकर्माले बताए ।

दलित सशक्तीकरण केन्द्र बागलुङद्धारा जिल्लाभर सञ्चालित समावेशी शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिममा ढोरपाटन नगरपालिका सवै वडा र निसीखोला गाँउपालिकाको वडा नं. १ र २ का दलित सञ्जालका २० जना प्रतिनिधिहरुको उपस्थीती रहेको दलित सशक्तिकरण केन्द्र बाग्लुङका फिल्ड सुपरभाइजर गोपाल विश्वकर्माले बताए ।

तालिमको सहजिकरण दलित सशक्तीकरण केन्द्र बाग्लुङका कार्यक्रम अधिकृत श्याम विश्वकर्मा र निर बहादुर विश्वकर्माले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *