संसदमा हालै दर्ता भएको संविधान संशोधन प्रस्तावमा राप्रपाको समर्थन !

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्थानीय चुनावमा सहभागी नहुने !

काठमाडौँ २०७३ चैत ३० । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रिय कार्य समितिको बैठकले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका केही पक्षमा पार्टीको फरक मत भएता पनि आगामी निर्वाचनमा आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सुनश्चित भएमा आफ्नो फरक मतका बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि पार्टीले संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ ।

बैठकले चैत ४ गतेका दिन निर्वाचन आयोगले पार्टीको विधानको प्रस्तावना र उदेश्यमा रहेको “सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र“ र ”राजसंस्था सहितको लोकतन्त्र“ सम्बन्धि व्यवस्था एकपक्षिय रुपमा हटाउने गरि गरेको निर्णय पुनर्विचार गर्न पार्टीले चैत ७ गतेका दिन दिएको ज्ञापनपत्रवारे आयोगबाट स्पष्ट जवाफ प्राप्त नभएकोले आगामी बैशाख १ गतेका दिन बस्ने पार्टीको बैठकले तत्सम्बन्धमा आबश्यक निर्णय गर्ने भएको छ ।

आजको बैठकले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बढि से बढि स्थानमा पार्टीका उमेदवारलाई विजयी गराउन केन्द्रको सहमति लिई जिल्ला कार्य समितिले स्थानीय स्तरमा अन्य दलहरुसँग तालमेल गर्न अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

यसैवीच तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *