Menu

नेपाली काँग्रेसलाई उमेदवार छान्न हम्मे हम्मे : नेकपा एमाले पर्ख र हेरको दाउमा !

बागलुङ २०७३ चैत ३० । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र एमालेले क कस्लाई कुन पदमा उमेदवार बनाउने भन्ने अन्तिम टुंगो लगाउन सकेको छैन । आकांक्षीहरुको लर्को लामो भएपछी उमेदवार छनौट गर्न काँग्रेसलाई हम्मे हम्मे परेको काँगे्रस निकटवर्तीहरु बताउछन् भने एमाले पर्ख र हेर को स्थितीमा रहेको छ । यी दुबै ठुला दलहरुले केहि गाउपालिकाहरुमा केही वडाध्यक्षहरुको नाम भने टुंगोलगाएको श्रोतको दावी छ । तर नपा र गापाका प्रमुख पदहरुमा को उमेदवार भन्ने सार्वजनिक गरेका छैनन् ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिए नेपाली काँग्रेसको स्थिति बलियो हुने संभावना रहेकाले बामपन्थी दलहरुमा एकताको प्रयास भैरहेको राजनीतिबृत्तमा चर्चा छ ।

राजनीतिमा चासो राख्नेहरुको बुझाईमा, काँग्रेस भित्र उमेदवारहरुको नाम केलाउन समस्या देखिएको छ । एमाले लगायत अन्य दलहरु तालमेलमै अल्झिरहेका छन् । उता राष्ट्रिय जनमोर्चाले मेयर उपमेयर र प्रमुख उपप्रमुख पदहरुमा आफना उमेदवारहरुको नाम घोषणा गरिसकेको भएपनि बाम एकताको प्रयासमा रहेको छ । माओवादी केन्द्र एक्लै चुनावी मैदानमा कुद्ने मनस्थितिमा रहेको देखिएको छ । कुनै कुनै दलहरुले उमेदवार नै नपाएको अवस्था पनि देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *