राष्ट्रिय जनमोर्चाव्दारा उमेदवारहरुको नाम सार्वजनिक : बानपाको मेयरमा बास्कोटा !

बागलुङ २०७३ चैत ३० । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकीय सँगै विभिन्न राजनीतिक दलहरुले बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुमा आफना उमेदवार छनोट कार्यलाई तीब्रता दिएका छन् ।

यसैक्रममा राष्टिय जनमोर्चाले नगर र गाउपालिकाका मेयर उपमेयर तथा प्रमुख उपप्रमुखका उमेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

जिल्लाको सदरमुकाम रहेको बागलुङ नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनमोर्चाले लक्ष्मी बाँस्कोटालाई उमेदवार बनाउने भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समितिको सिफारिसमा केन्द्रिय समितिले बास्कोटाको नाम अनुमोदन गरेपछी बास्कोटा मेयर पदको उमेदवार बन्ने भएकी हुन् । उमपेयरमा भने जनमोर्चाले लोकनाथ शर्मालाई अघि सार्ने भएको छ ।

केन्द्रिय समितिका अनुसार जैमिनी नगरपालिकाको मेयरमा नरबहादुर पुन र उप–मेयरमा लिलादेवी शर्मा, गल्कोट नगरपालिका मेयरमा टंकबहादुर के.सी. र उपमेयरमा सुनमाया ढकाल, ढोरपाटन नगरपालिका मेयरमा गौरीश्वर पाण्डे, उपमेयरमा दुर्गादेवी घर्तीमगरलाई लडाउने भएको छ ।

जिल्लाका ६ गाउपालिकाहरुमध्य बरेङमा कृष्णप्रसाद शर्मा र दिलमाया पुन, काँठेखोलामा अर्जुनबहादुर खत्री र सिता किसान, ताराखोलामा तिर्थसिंह थापा र पूर्णा चालिसे, बडीगाडमा भिमसेन वन र रुनमाया थापा, निसीखोलामा खिमविक्रम शाही र भोटुकुमारी चन्द तथा तमानखोलामा डोरबहादुर क्षेत्री र बोमकुमारी बुढामगरलाई क्रमश गाउपालिका प्रमुख र उपप्रमुखमा उमेदवार बनाउने भएको छ ।

नगरपालिका र गाउँपालिकाहरुका वडा अध्यक्ष जिल्ला समितिले र वार्ड सदस्य सम्वन्धित नगरपालिका र गाउँपालिकामा रहेको पार्टीको समन्वय समितिले निर्णय गर्ने जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए ।

जिल्लामा बृहत वाम एकता संभव नभएमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल हुने संभावना रहेको राजनीति बृत्तमा चर्चा छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *