Menu

जागरण युवा क्लवव्दारा ८० वर्ष भन्दा माथिका ५१ जना बृद्धबृद्धा सम्मानित !

सुमन सुनार, बुर्तिवाङ २०७३ चैत ३० । ढोरपाटन नगरपालिका बुतिबाङमा रहेको जागरण युवा क्लवले ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

साविकको अधिकारीचौर गाँउ विकास सतितिको सहयोग र जागरण युवा क्लव बुर्तिबाङको आयोजनामा साविक अधिकारीचौर गाविसको गादीखोलामा मंगलबार एक कार्यक्रमको आयोजना गरि गाविस स्तरका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको क्लवका सहसचिव राजु विश्वकर्माले जानकारी दिए ।

क्लवले एक, एक वटा कप सहित खादा अविर लगाएर जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

क्लवका उपाध्यक्ष दिपेन्द्र छन्त्यालको अध्यक्षता रहेको सम्मान कार्यक्रममा समाजसेवी मिन बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जीवित रहने भन्दै यस खालको कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

विद्या विकास माध्यमिक विद्यालयकी शिक्षिका उजेली थापाको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन क्लवका सहसचिव राजु विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *