Menu

प्रवास: बागलुङ समाजको आयोजनामा चैते दशैं तथा नयाँ बर्ष शुभकामना कार्यक्रम !

दिपेन्द्र केसी, लुभेन बेल्जियम, २०७३ चैत ३० । बागलुङ समाज बेल्जियमको आयोजनामा गत १० अप्रिलमा बेल्जियमको लुभेन शहरमा चैते दशैं तथा नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी राजदूत थापा, स्थानीय लुभेन नगरपालिकाकी उपमेयर दानिस, एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र एनआरएन केन्दीय सचिव अर्जुन श्रेष्ठले विशिष्ठ अतिथीको आसनबाट विदेशमा साँस्कृतिक पर्वहरुको महत्वमाथी चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।

समाजका अध्यक्ष गँगा शर्माको सभापतित्वमा भएको उदघाटन सत्रमा उपाध्यक्ष महेन्द्र पन्तले स्वागत मन्तव्य व्यक्त र महासचिव परमानन्द सापकोटाले सँचालन गरेका थिए।

दोश्रो सत्रको कार्यक्रममा नेपालबाट आमन्त्रित गायक संगीतकार चेतन सापकोटा, बागलुङका चर्चित गायक थानेश्वर गौतम र रामजी नेपाली तथा स्थानीय कलाकारहरुले विविध मनोरँजनात्मक साँस्कृतिक कोसेलीहरु प्रस्तुत गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *