Menu

आर्थिक कमजोरीले उपचार हुन नसकेकी १४ वर्षिया किशोरीको जीवन बचाउन अपील !

बुर्तिवाङ २०७३ चैत २९ । तस्वीरमा देखिएकी १४ वर्षिया किशोरी सरिता परियार बडीगाड गाउपालिका साबिक भिङगिठे गाविसकी हुन् । आर्थिक अभावका कारण अभिभावकले सुविधा सम्पन्न अस्पतालमा लगेर सरिताको उपचार गराउन सकेका छैनन् ।

आज सरितालाई लिएर आमा टेकसरा परियार बुर्तिवाङ स्वास्थ्य केन्द्रमा आएको मौकामा सरिताको शारीरिक अवस्था देखेर उनको बारेमा धेरैले जिज्ञासा राखे । आर्थिक अवस्था दयनीय भएकाले बाहिर उपचार गराउन लान नसकेको पीडा टेकसराले सुनाईन् ।

१२ वर्ष पहिले टेकसराले सरितालाई बुर्तिवाङ स्थित खरेल मेडिकल हलमा उपचार गर्न ल्याएकी रहिछन् । आज उनै बालिकालाई यस अवस्थामा देख्दा खरेल मेडिकल हलका प्रोपराइटर शेषकान्त खरेलले त्यतिबेलै उपचारका लागि बाहिर लैजान भनेको स्मरण गर्दै उनलाई तुरुन्तै कान्ति बाल अस्पताल काठमाडौँमा लैजान सुझाएको इबागलुङलाई बताए ।

टेकसराले श्रीमान मनिराम दमाइ रोजगारीका लागि विदेश कतार गएका र घरमा आर्थिक अवस्था राम्रो नहुँदा बाहिर लैजान सक्ने अवस्था नरहेकाले सबैले सहयोग गरेमा १४ बर्षिया किशोरीको जीवन बाँच्न सक्ने खरेलले बताए ।

करीब डेढ वर्ष पहिले भिङगिठे कै रमेश दर्जी अज्ञात रोगबाट हिँडडुल गर्न खानपिन गर्न समेत नसक्ने अवस्थामा देखेपछी उनको बारेमा ईबागलुङ लगायत विभिन्न सन्चारमाध्यमहरुले समाचार प्रकाशित गरेपछी उनलाई देशविदेशबाट दयावानहरुबाट राम्रो सहयोग जुटेपछी उनको उपचार सम्भव भएको थियो ।

अहिले पनि यी असक्त असहाय सरिता परियारलाई सबैले सक्दो सहयोग गरेमा राम्रो उपचार गराउन काठमाडौँ लैजाने यिनकी आमा टेकसरीले अनुरोध गरेकी छिन् ।
तस्बीर- शेषकान्त खरेल बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *