Menu

देशको विकासको लागि स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्न माग !

विजय राना, बागलुङ, २०७३ चैत २९ । राष्ट्रिय जनमोर्चा केन्द्रिय प्रचार प्रसार समितिले मंगलबार बागलुङ नगर पालिका वडा न. १४ नारायणस्थानमा गरेको आम सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद मिना पुनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न माग गरेकी छिन् ।


सांसद पुनले ठूला दलहरु स्थानीय तहको निर्वाचनको मिति सार्ने षडयन्त्रमा लागेको आरोप लगाउदै दलहरुलाई त्यसो नगर्न आग्रह समेत गरिन् ।
लामो समय सम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा नेपालको प्रजातन्त्र माथि नै आशंका उब्जेको बताउँदै पुनले देशको विकासको लागि स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्नु पर्नेमा जोड दिईन् ।

मधेश समस्या, सत्ता समिकरण लगायतका समस्या देखाएर दलहरुले वैशाख ३१ गते तोकिएको निर्वाचन पछि धकेल्ने खेलमा लागेको उनको आरोप थियो ।

अखिल नेपाल टे«ेड युनियन महासंघका केन्द्रिय अध्यक्ष नारायण सापकोटाले देश विकासको अवरोधक ठूला भनिएका दल रहेको आरोप लगाए ।
ठूला भनिएका दलहरु देश विकाश गर्न तर्फ भन्दा सत्ता स्वार्थमा केन्द्रित हुँदा हजारौँ युवा विदेश पलायन भएको बताउँदै सापकोटाले त्यो अवस्थाको अन्त्यको लागि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउनु पर्ने बताए ।

सभामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकारहरुले जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय जनमोर्चा नारायणस्थान ग्राम समितिका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य प्रेम रोका र सञ्चालन योगेन्द्र पौडेलले गर्नु भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *