नया शक्ति नेपाल पार्टीले ढोरपाटन नगरपालिकामा उमेद्वारी दिने !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ र्चत २९ । आसन्न स्थानीय तहको निर्वाचनमा नया शक्ति नेपाल पार्टीले ढोरपाटन नगरपालिकामा उमेदवार उठाउने भएको छ । आफनो मत आफनै पार्टीलाई राख्ने उदेश्य सहित मँगलबार पार्टीले गरेको निर्णय अनुसार मेयर देखि वडा प्रमुख सम्मको पदमा उमेदवार उठाउने भएको हो ।
जिल्ला संयोजक तथा केन्द्रिय सदस्य चित्र सापकोटाको बिशेष उपस्थितीमा बुर्तिबाङमा भएको एक भेलाले मेयर पदको उमेदवारमा टेक बहादुर कुवँरलाई उठाउने निर्णय गरेको हो । त्यस्तै वडा तर्फ वडा नँ २ मा प्रदेश सदस्य शंकर कुवँर, ४ मा मनोज कुमार बिक, ५ मा गोपाल बिकलाई उठाउने निर्णय गर्दै बाँकि वडाको टुँगो पुन बस्ने बैठकले निर्णय गर्ने बताईएको छ ।

छलफलबाट शंकर कुवँरको संयोजगत्वमा ५ सदस्यीय चुनाब तालमेल बार्ता समिती गठन गरिएको छ । प्रदेश सदस्य गोपाल बिकको संयोजकत्वमा १ सय १ सदस्यि ढोरपाटन नगरपालीका अन्र्तगत चुनाब प्रचार प्रसार समितीको गठन पनि गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *