जनता प्राथमिक बिद्यालय मसलगाउको नतिजा प्रकाशन

कुम्बिर बिश्वकर्मा , २०७३ चैत २९ । बागलुङ जिल्ला को पश्चिमी निसि खोला गाउँ पालिका (५ मसलगाउको नतिजा प्रकाशन आज सम्पन्न गरिएको छ।

उक्त बिद्यालयमा १ सय १६ जना विद्यार्थी भएकोमा नब्बे प्रतिशत विद्यार्थी उतिर्ण भएका छन। बिद्यालयमा कक्षा एक देखि सुप्रभा छन्त्याल प्रथम ,प्रमिला बिस्वकर्मा द्वितीय र अबिशेक थापा मगर तृतीय स्थान हुन सफल भएका छन। कक्षा दुई बाट सन्दिप सापकोटा प्रथम ,गिता सापकोटा द्वितीय र प्रबिन सापकोटा तृतीय स्थान हासिल गर्न सफल भएका छन। कक्षा तीन बाट शिशिर सापकोटा प्रथम,करिस्मा बिक द्वितीय र ज्ञान बहादुर घर्ती मगर तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
कक्षा (चार बाट सुशील अर्याल प्रथम,प्रगती घर्ती मगर द्वितीय र टेकबहादुर घर्ती मगर तृतीय स्थान हासिल गरेका छन । त्यस्तै कक्षा (पाँच बाट मनिषा बिस्वकर्मा प्रथम,सुस्मा छन्त्याल द्वितीय र सरिता बिस्वकर्मा तृतीय स्थान हासिल गर्न सफल भएका छन। बिद्यालयमा सबै भन्दा उत्कृष्ट मा कक्षा (३ का शिशिर सापकोटाले ९६प्रतिशत अङ्क प्राप्त गरि प्रथम भएका छन भने कक्षा १ देखि सुपर्भा छन्त्यालले ९४प्रतिशत अङ्क प्राप्त गरि द्वितीय भएका थिए भने कक्षा (२ का सन्दिप सापकोटाले ९० प्रतिशत अङ्क प्राप्त गरि तृतिय स्थान ओगन्त्न सफल भएका छन। नतिजा प्रकाशन कार्यक्रममा बिद्यालय अभिभावक संघका अध्यक्ष लाल प्रसाद सापकोटाको अध्यक्षता बाट भएको कार्यक्रम समासेबी तथा बरिस्ठ चन्दा दाता राजमन बुढा मगरको प्रमुख आथित्यता रहेको थियो।

सोही कार्यक्रममा पुर्ब बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ढाल बहादुर छन्त्याल ,निसि खोला तेस्रो लघु जलबिधुत आयोजना समिती का अध्यक्ष मानसिह घर्ती मगर,निसि दलित संजालका अध्यक्ष चुले बि। क। ,बर्तमान बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रमला बुढा मगर लगायतको आथित्यता एबम सुभकमाना मन्तव्य रहेको थियो। कार्यक्रममा पुर्ब बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दुर्गा छन्त्यालको स्वागत मन्तव्य र बिद्यालयका प्रधानाध्यापक टेकराज अर्यालको सन्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *