सहकारी लेखापालन सम्बन्धी ६ दिने तालिम सम्पन्न !

थम्मन थापा सन्देश, २०७३ चैत २९ । गल्कोट नगरपालिका ७ मल्ममा डिभिजन सहकारी कार्यालय बागलुङले आयोजना गरेको सहभागितात्मक सहकारी लेखापालन सम्बन्धी ६ दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक दिल बहादुर केसीले तालिम लिन उमेरले नछेक्ने र सेयर सदस्यहरुको जीवन स्तर उकास्न सहकारीको मुल उद्येश्यमा रहेर कार्य सम्पादन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

ुो अवसरमा मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका ऋण उपसमिति संयोजक सुवेदार टिका बहादुर थापा र सहकारीका सहसचिव लोकबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए । गल्कोट नगरपालिका भित्रका ११ सहकारीका ३५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक केसी र सहायक निरिक्षक रुद्र नारायण शर्माले गरेका थिए ।

समापन कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रम मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष छुम बहादुर थापाको अध्यक्षता र सचिव हरिदत्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *