Menu

यस्तो छ, राजमोले मेयर-उपमेयर तथा प्रमुख-उपप्रमुख पदमा सिफारिस गरेकाहरुको नामावली !

बागलुङ २०७३ चैत २९ । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाका मेयर, उपमेयर तथा प्रमुख उपप्रमुख २० पदका लागी ६० जना आकाँक्षीहरुको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएको छ ।

राजमो अध्यक्ष अमर थापाका अनुसार केन्द्रिय समितिले नगरपालिकामा मेयर, उपमेयर तथा गाउँपालिकामा प्रमुख उपप्रमुखका बारेमा निर्णय गरेर पठाउनेछ भने नगर र गाउँपालिकाका वडा अध्यक्ष जिल्लाले अन्तिम टुंगो लगाउनेछ ।

बागलुङ नगरपालिकामा लक्ष्मी बाँस्कोटा, घनश्याम बिक, लोकनाथ शर्मा, गलकोट नगरपालिकामा टकं केसी, नेत्र बुढाथोकी, पदम श्रेष्ठ, जैमुनी नगरपालिकामा नरबहादुर पुन, कृष्ण थापा, डिलबहादुर श्रीस, लिलादेवी शर्मा, डिलकुमारी श्रीस तथा ढोरपाटन नगरपालिकामा गौरिश्वर पाण्डे, टेकबहादुर घर्ति, धनबहादुर अदै, दुर्गादेवी घर्तिको नाम केन्द्रिय समितिमा सिफारिस गरिएको जनमोर्चाले जनाएको छ ।

यसैगरी बडीगाड गाउपालिकामा भिमसेन बन, रामप्रसाद भट्टराई, रुनमाया थापा, कोपिला थापा, बिष्णु थापा, निसीखोलामा खिमबिक्रम शाही, थमन बुढा, मुक्तबहादुर सिहं, तमानखोला गाउँपालिकामा डोरबहादुर क्षत्री, बमकुमारी बुढा, वीरबहादुर बिक, बरेङ गाउँपालिकामा कृष्ण पौडेल, हिराबहादुर थापा, हिराबहादुर पुन, डिलकुमारी पुन काठेखोला गाउँपालिकामा अर्जुन केसी, टिकासंगम बिक, लक्ष्मण पुन, सिता किसान, कमला पुन, ताराखोला गाउँपालिकामा तिर्थसिहं थापा, भिमबहादुर चोखाल, रामबहादुर खत्री सहितको नाम सिफारिस गरिएको जनाईएको छ ।

केन्द्रिय तहदेखी जिल्ला तहमा पनि बाम तालमेलका लागि छलफल जारी रहेकाले जिल्ला तहमा बाम तालमेलका बिषयमा पार्टी खुल्ला रहेको राजमो अध्यक्ष थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *