पाण्डबखानीमा ५ दिने पत्रकारीता तालिम सुरु !

बागलुङ, २०७३ चैत २८ । पाण्डबखानीमा सोमवार देखि वैशाख ३ गतेसम्म राष्ट्रिय पत्रकारबाट पत्रकारीता उद्घोषण तथा भाषण शैली सम्बन्धि ५ दिने तालिम सुरु भएको छ।

तालिम देवराज पुनको अध्यक्षता समाजसेवी मानसिह छन्त्यालको प्रमुख आतिथ्यतामा पूर्व सभासद निरज पुन, धनबहादुर सुनार, आसा श्रीस, नवीन भावुक, राम विक लगायतले शुभकामना मन्तव्य दिएको कार्यक्रममा कलम श्रीसको स्वागत र दिप घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
तालिम वैसाख ३ गते सम्पन्न जारि रहने तालिम संयोजक सुरेश छन्त्यालले जानकारी दिए । तालिममा योग्य पत्रकारहरुबाट प्रशिक्षण दिईने बताईएको छ ।

बागलुङ जिल्लामा जति मिडियाहरु खुले पनि पाण्डबखानी, रिघा, सिसाखानी र रणसिंहकिटेनीमा कुनै सन्चारमाध्यम नभएकाले पाण्डबखानीमै पत्रकारीता तालिम दिई पाण्डबखानीमै घुम्टे त्रैमाशिक पत्रिका पनि संचालन गर्ने निर्णय भएको कार्यकारी सम्पादक सुरेश छन्त्यालले जानकारी दिए ।
तालिमबाट उद्कृष्ट हुनेलाई विभिन्न मिडियामा काम गर्ने अवसर समेत दिइने कार्यकारी सम्पादक छन्त्यालले खवर पठाएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *