अपडेट: गाडी बाट खसेर घाईते छात्राको मृत्यु !

माधब पराजुली पर्वत २०।७३ चैत २८ । पर्वत फलेवास नगरपालिका वडा नं. ८ ठानामैलाबाट कुस्मा जादै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा बिद्यालय पढ्न आउदै गरेकी लिमिठानाकी १६ बर्षीया धारणा पैडेलको मृत्यु भएको छ ।

गाडीबाट खसरे गम्भीर घाईते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजादै गर्दा बाटोमानै ज्यान गएको प्रहरी चौकी फलेवास राहालेले जनाएको छ ।
पर्वतको .खानीगाउँ स्थित भवानी विद्यापीठ मा.बि.मा कक्षा ११ मा अध्ययनरत पौडेल बिहान घर बाट बिद्यालय पढ्न आउदै गर्दा बयरडाडाँ भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रण लिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *