हरिजन हत्या काण्डका अभियुक्त व्दयलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश !

बागलुङ २०७३ चैत २८ । बागलुङ नगरपालिका साविक पैयुँपाटा गाविसमा विनोद हरिजनको हत्याका अभियुक्तहरुलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएपछी अभियुक्तहरुलाई कारागार चलान गरिएके छ ।

साविक पैयुँपाटा गाविस- ६ की वर्ष २६ की रीता नेपाली र देवर नाता पर्ने सोहि गाउँका वर्ष २५ को बिनोद हरिजनबीच पटक पटक अनैतिक सम्वन्ध स्थापित हुने गरेको र घटनाको दिन फागुन २७ गते राति साढे ८ बजेतिर निज हरिजनले मदिरा सेवन गरी आएर रीतालाई नराम्ररी कुटपीट गरेपछी उनले रिसले सोहि गाउँको अर्को नाठो वर्ष ३२ को टेकबहादुर थापालाई फोन गरी बोलाएर दुबैजना मिली विनोदको हत्या गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय माफत जिल्ला अदालतमा पेस भएको मुद्दामा आईतवार जिल्ला अदालत बागलुङका न्यायाधीश हिमलाल बेलबासेको इजलासबाट निज अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

अभियुक्तहरुले हरिजनको हत्या गरेपछी झुण्डाएर आत्महत्या गरेको प्रपन्च रचेर अभियोग ढाकछोप गर्ने प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय बलेवाबाट मृतकको शव पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको बेला जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएका प्रहरी निरीक्षक खड्गनारायाण शाहको नेतृत्वको टोलीले शव निरीक्षणका क्रममा निजको मृत्यु अस्वभाविक देखिएको र निजको च्यूडो र घाँटीमा कोतरीएको घाऊहरु रहेको,वाया हातको नाडीमा ब्लेडले काटेको घाऊ रगत लत्पत्तिएको, घाटीको डाम असामान्य देखि सो टोली घटनास्थलमा पुगेर त्यहाँको बस्तुस्थितिको अध्ययन गर्दा घटना आत्महत्या नभै कर्तव्य भएको देखेपछी घटनाको थप अनुसन्धान गर्दा रहस्य पत्ता लागेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *