Menu

गाडीबाट खसरे गम्भीर घाईते छात्रा, थप उपचारका लागि पोखरा रिफर !

माधब पराजुली, पर्वत २०७३ चैत २८ । घरबाट बिद्यालय पढ्न आउदै गरेकी छात्रा गाडीबाट खसरे गम्भीर घाईते भएकी छन् । पर्वत फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाबाट कुस्मा जादै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा सवार लिमिठानाकी १६ बर्षीया धारणा पैडेल गम्भीर घाईते भएकी हुन् ।

पर्वतको .खानीगाउँ स्थित भवानी बिद्यापीठ मा.बि. कक्षा ११ मा अध्ययनरत पौडेल बिहान घरबाट बिद्यालय पढ्न आउदै गर्दा बयरडाडाँ भन्ने स्थानमा गाडीबाट खसेको प्रहरी चौकी फलेवास राहालेले जनाएको छ ।

गाडी बाट खसेर गम्भीर घाईते भएकी पौडेललाई उपचारको लागी पर्वतमा सम्भब नभएपछी पोखरा लगिएको प्रहरीले जनाएको छ । घाईते पौडेलको मुख,छाती,हात खुट्टा, ढाड लगाएत शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको छ । गाडी र चालक लाई प्रहरीले नियन्त्रण लिईएको छ ।

यसैबीच बर्दियाको ठाकुरवावा नगरपालिका वाडनम्वर १ स्थित भुरिगाउँमा बस दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् । दार्चुलाबाट काठमांडौ जाँदै गरेको ना ६ ख १२२७ नम्वरको वस एक्कासी सडकमा पल्टिँदा आजराती र्दुघटना भएको हो ।

गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बसका चालक टेक बहादुर कडायतलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसैबीच दोलखामा सोमबार बिहान सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा हवल्दार मोहनबहादुर घिमिरेको मृत्यु भएको छ ।

http://bit.ly/2ohggyB

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *